चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ९ लाख रकमसहित चोरी गर्ने रत्ननगर–०९ जानकीटोल बस्ने केशव प्रजालाई आइतबार पक्राउ गरेको छ ।
निजले रत्ननगर नगरपालिका र कालिका नगरपालिकाका विभिन्न सात स्थानमा नगद तथा सुनका गरगहनाहरु चोरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रजालाई प्रहरीले आठ लाख उनान्सय हजार नौ सय एकसठ्ठी रुपैयाँ र चोरी गर्न प्रयोग हुने औजारसहित पक्राउ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।