मुम्बई । टिभी र चलचित्रको पर्दाका चर्चित कलाकार अनुपम श्याम ओझाको आइतबार निधन भएको छ । उनी टिभीको लोकप्रिय नाटक ‘मन कि आवाज प्रतिज्ञा २’ को पात्र ठाकुर सज्जनका रुपमा चर्चित थिए । उनी गतवर्षदेखि मृगौलाको बिमारीसँग जुझिरहेका थिए ।
पछिल्लो समय स्वास्थमा समस्या देखिएपछि उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको थियो । नवभारत टाइम्सका अनुसार उनको मल्टि अर्गेन फेलिएरका कारण निधन भएको हो ।
गत वर्ष मृगौलाको उपचारमा अस्पताल भर्ना भएका उनको आर्थिक अभावका कारण अस्पतालको बिल भुक्तानीका लागि आर्थिक संकलनका लागि अपिल गरिएको थियो । उपचार पश्चात नियमित डायलिसिस गराइरहेका उनी यही वर्षदेखि प्रतिज्ञाको छायांकनमा फर्किएका थिए ।
उत्तर प्रदेशको प्रतापगढका उनले सन् १९९३ देखि करिअरको सुरुवात गरेका थिए ।