सिन्धुपाल्चोक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन् । विभिन्न दल र स्वतन्त्रसमेत गरी प्रतिनिधिसभा क्षेत्र नं १ मा १४ र प्रतिनिधिसभा क्षेत्र नं २ मा १४ जनाको उम्मेदवारी दर्ता भएको हो । तीमध्ये प्रतिनिधिसभा क्षेत्र नं १ मा तीन र प्रतिनिधिसभा क्षेत्र नं २ मा तीन गरी छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रदेशसभातर्फ भने ३३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताउनुभयो । प्रदेशसभा–१ ९क०मा नौ, प्रदेशसभा–१ ९ख० मा छ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये प्रदेशसभा ९ख० मा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय चौताराका सूचना अधिकारी राजकुमार चौधरीले जानकारी दिनुभयो । प्रदेशसभा–२ ९क० मा नौ र ९ख० मा नौ जनाको उम्मेदवारी परेको हो । तीमध्ये ९क०मा दुई र ९ख० एक गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नं १ तर्फ
सरेश नेपाल– नेकपा ९एमाले०, माधव सापकोटा– नेकपा ९माओवादी केन्द्र०, दिनेश श्रेष्ठ– राष्ट्रिय स्वतन्त्र पार्टी, दावा लामा– मङ्गोल नेशनल अर्गनाइजेशन, वीरबहादुर तामाङ– राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, रामकुमार जिसी– स्वतन्त्र, सोमनोर्बु शेर्पा– आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मुकुन्द श्रेष्ठ– स्वतन्त्र, डिबीसिंह लामा– जनता समाजवादी पार्टी नेपाल, विष्णुप्रसाद पौडेल– स्वतन्त्र, कृष्णबहादुर ठकुरी– नेपाल कम्युनिष्ट पार्टी ९माले०, नारायण पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी, हरिलक्ष्मी दनेखू– नेपाल मजदुर किसान पार्टी, ग्याल्जेन शेर्पा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहनुभएको छ ।
प्रदेशसभा–१ ९क०तर्फ आशिष लामा ९तामाङ०– तामाङसालिङ लोकतान्त्रिक पार्टी, सोमबहादुर लामा– मंगोल नेशनल अर्गनाइजेशन, युद्धविक्रम तामाङ– नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, राजेश लामा– जनता समाजवादी पार्टी नेपाल, मसिना खड्का– नेपाली कांग्रेस, श्यामलाल शाक्य– नेपाल मजदुर किसान पार्टी, निर्मला श्रेष्ठ– राष्ट्रिय प्रजातन्त्र पार्टी, कृष्णबहादुर तामाङ– नेपाल कम्युनिष्ट पार्टी ९माले०, टुल्कु लामा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहनुभएको छ । प्रदेशसभा ९ख०तर्फ गोविन्ददास गुभाजु– मङ्गोल नेशनल अर्गनाइजेशन, होमनारायण श्रेष्ठ– नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, भक्तबहादुर भण्डारी– स्वतन्त्र, सरल सहयात्री पौडेल– माओवादी केन्द्र, दीपक थापा– राप्रपा, फुर्पा दोर्जे लामा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहनुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं २ तर्फ
प्रतिनिधिसभा क्षेत्र नं २ तर्फ शेरबहादुर तामाङ– एमाले, मोहनबहादुर बस्नेत– नेपाली कांग्रेस, ध्रुवप्रसाद पराजुली, कर्णवीर स्यांबु लामा– मङ्गोल नेशनल अर्गनाइजेशन स्वतन्त्र, माया गुरुङ– राष्ट्रिय स्वतन्त्र पार्टी, बद्रीप्रसाद चौलागाईँ– स्वतन्त्र, श्यामबहादुर तामाङ– आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मङ्गलसिं तामाङ– जनमत पार्टी, दिलीप विक– राप्रपा नेपाल, नरसिं श्रेष्ठ– राप्रपा, लक्ष्मीप्रसाद कुसी– नेपाल मजदुर किसान पार्टी, दावाछिरिङ शेर्पा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, यस्मिन ढुङ्गाना– स्वतन्त्र, कविराज गिरी– नेकपा ९माले०ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
त्यसैगरी प्रदेशसभा–२ ९क० तर्फ जिमी लामा– स्वतन्त्र, अर्जुन तामाङ– मङ्गोल नेशनल अर्गनाइजेशन, अमानसिं तामाङ– एमाले, बाबुराम खड्का– राप्रपा, युवराज दुलाल– माओवादी केन्द्र, रत्नकाजी नायभारी– नेमकिपा, फडिन्द्रप्रसाद दाहाल– स्वतन्त्र, छिरिङवाङदी शेर्पा– सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, चेतनाथ गिरी– नेकपा ९माले० र प्रदेशसभा–२ ९ख०तर्फ सुनजित तामाङ– मङ्गोल नेशनल अर्गनाइजेशन, ललितकुमार तामाङ– तामाङसालिङ लोकतान्त्रिक पार्टी, हस्तबहादुर पण्डित ९क्षेत्री०– एमाले, कृष्णबहादुर तामाङ– जनता समाजवादी पार्टी, लालबहादुर तामाङ– जनमत पार्टी, गोविन्द गुरुङ– राप्रपा, कृष्णकुमार तामाङ– कांग्रेस, राजमती लवजु– नेमकिपा, योगेन्द्रराज सिग्देल– स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

