काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौ ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले टोखास्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित पोखरेलसँग यो पटक सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका प्रदीप पौडेल प्रतिस्पर्धा गर्दैछन् । काठमाडौ ५ बाटै स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि उम्मेदवारी दिएकी छन् ।