काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर–२बाट उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
सत्ता गठबन्धनबीच भागबन्डा हुँदा बस्नेतको निर्वाचन क्षेत्र नम्बर–१ माओवादी केन्द्रको भागमा परेपछि बस्नेतले क्षेत्र नम्बर–२बाट उम्मेदवारी दिन लागेको जिल्ला सभापति जंगबहादुर लामाले जानकारी दिए । उनी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने तयारीमा छन् ।

