काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
पहिरोमा परि गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । घटनामा दुई जना बेपत्ता छन् ।
गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

