चितवन । नारायणी नदी किनारलाई ‘सि बिच’ मोडलमा विकास गर्ने भरतपुर महानगरपालिकाको योजनाअन्तर्गतको नारायणी पुलबाट उत्तरतर्फ तटबन्ध र नदी सौन्दर्यकरणको लागि २० करोड रुपैयाँ लागतमा ठेक्का आह्वान गरिएको छ ।

नारायणी नदी व्यवस्थापन कार्यालयले उक्त कार्यको लागि बोलपत्र आह्वान गरेको हो । ठेक्काको लागि कात्तिक १५ गते भित्र विद्युतीय बोलपत्र पेश गरिसक्न सूचनामा भनिएको छ ।
साथै नारायणी नदीको भरतपुरतर्फ नारायणगढदेखि गोलाघाटसम्म ५ वटा प्याकेजमा २६ किमी सौन्दर्यकरणसहितको दिगो समाधान सुनिश्चित भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताएकी छन् ।

