,चितवन । आज दिउसो नारायणी नदीमा पौडी खेल्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का रञ्जन आचार्य रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज अपरान्ह सांँढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा आचार्य डुबेका थिए ।
डुबेको थाहा पाए लगत्तै उनी सहितका साथीहरुले उद्धार गरी उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको थियो । उनको उपचारको क्रममा दिउसो सवा ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप बुझ्ने काम भईरहेको छ ।