७२ हजार घुषसहित बुढानिलकण्ठ नगरपालिकाका सब इञ्जिनियर पक्राउ
शुक्रबार, साउन २२, २०७८
मा प्रकाशित
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७२ हजार घुस लिएको अभियोगमा बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर विनोदकुमार पौडेललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सडक निर्माणको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा बुढानिलकण्ठस्थित एक होटलबाट शुक्रबार पक्राउ गरिएको हो ।
आरोपी सबइन्जिनियर पौडेलको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।