गजुरी । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् ।
गजुरी बजारको आदर्श माद्यामिक बिद्यालयका विद्यार्थी विजय परियार लाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ग १ ख ४५६५ को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका छन् । उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।


