चितवन । माडीमा लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने अभियान शुरु गरिएको छ । लामखुट्टेको टोकाइबाट डेँङ्गीका बिरामी बढ्दै गएपछि नगरपालिकाले लामखुट्टेका लार्भा नष्ट गर्न अभियान चलाएको हो ।
अभियान अन्तरगत माडी ६ र ८ वडामा ‘सर्च एण्ड डिस्ट्रोए’ गरिएको नगरपालिकाका जनस्वास्थ्य संयोजक भोजराज खनालले बताए । अभियानमा वडाका स्वास्थ्यकर्मी, वडाध्यक्ष र वडा सदस्यहरु, महिला स्वास्थ्य स्वयम् सेविका लगायतको सहभागिता रहेको थियो ।
अभियान अन्तरगत असोज ७ गते बसन्तपुर बजार वरपर तथा असोज ८ गतेभित्र माडीभरी ‘लार्भा सर्च एण्ड डिस्ट्रोए’ गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै विद्यालयहरुमा डेँङ्गीसहित कीटजन्य रोग र महामारीका बिषयमा अनुशिक्षण समेत भैरहेको स्वास्थ्य संयोजक खनालले बताए ।

