बैतडी । सुदूरपश्चिमको बैतडी जिल्लामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–५ स्वालीमा बँदेलका लागि मकैबारीमा छाडिएको करेन्ट लागेर दुई दाजु भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
ओझा अनुसार मृत्यु हुनेमा २१ वर्षीय सन्तोष चन्द र उनका भाइ १८ वर्षीय अमृत चन्द रहेका छन् ।
जंगली बँदेलबाट मकै जोगाउन भन्दै बारेमा करेन्ट छाडिएको थियो । यसैबीच बँदेल आएपछि बुधबार राति ११ बजेतिर दाजुभाइ धपाउन मकैबारीमा गएका थिए । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।