चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) राजनीतिक दलको राजनैतीक थलो बनेको छ ।
नेपाल सरकारको लगानीमा १२ वर्ष अघि चितवनको रामपुरमा देशकै पहिलो र एक मात्रै प्राविधिक विश्वविद्यालयको रुपमा स्थापना भएको यस विश्वविद्यालयमा राजनीतिक असरका कारण व्यवस्थावनमा समेत नराम्रो प्रभाव पारेको छ ।
विश्वविद्यालयमा विभिन्न संगठनका विद्यार्थी मात्रै नभएर शिक्षक तथा कर्मचारीमा समेत राजनीतिक रंग छ । यसैको नकरात्मक प्रभावका कारण विश्वविद्यालय व्यवस्थापनमा समस्या भएको विश्वविद्यालयका विभिन्न निर्देशनालयका निर्देशकहरु बताउँछन् ।
विश्वविद्यालयले छोटो समयमा अध्ययन र अनुसन्धानमा प्रगति गरेको देखिएपनि व्यवस्थापनमा भने सरकारको आँखा नपुगेको देखिन्छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सरकारको पूर्ण लगानी भएकै कारण यस विश्वविद्यालयमा प्रत्यक्ष रुपमा राजनीतिक असर परेको छ ।
एएफयुमा बेलाबेला हुने बन्द, हडताल, तालाबन्दी प्रत्यक्ष रुपमा देखिने राजनीतिक असर हुन । यसबाहेक आन्तरिक रुपमा भौतिक संरचना, शिक्षक तथा कर्मचारी दरबन्दी र पूर्वाधार निर्माणमा समेत विश्वविद्यालय पछाडी परेको छ ।
देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि विश्वविद्यालय जनशक्ति उत्पादन गर्ने केन्द्र मात्रै होइन । यो कृषि, पशु विज्ञान र वन विज्ञानसम्बन्धि अध्ययन अनुसन्धान गरी राष्ट्रलाई योगदान दिने केन्द्र समेत हो । तर जुन उद्देश्यले स्थापना गरिएको भएपनि यस विश्वविद्यालयमा सरकारको ध्यान नपुगेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पूण्यप्रसाद रेग्मी बताउँछन् ।
देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको कृषि विश्वविद्यालय जनशक्ति उत्पादन गर्ने केन्द्र मात्रै होइन । यो कृषि, पशु विज्ञान र वन विज्ञानसम्बन्धि अध्ययन अनुसन्धान गरी राष्ट्रलाई योगदान दिने केन्द्र समेत हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुर क्याम्पस, हेटौडाको वन विज्ञान क्याम्पसको ऐनलाई मिलाएर विश्वविद्यालय बनाइएको थियो । सरकारले विश्वविद्यालय स्थापना गरे पनि विश्वविद्यालयलाई आवश्यक स्रोत साधनको व्यवस्था गर्नुपर्छ भन्नेतर्फ ध्यान नदिएको उपकुलपति रेग्मीको भनाइ छ । उनी भन्छन्, ‘क्याम्पसलाई विश्वविद्यालयमा नामाकरण गरिए पनि जुन किसिमले विश्वविद्यालय पूर्वाधार, संरचना र शिक्षक तथा कर्मचारी दरबन्दी हुनुपर्ने हो तर, त्यो छैन ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्ना ९ वटा आंगिक कलेज र तीनवटा केन्द्रीय संकाय चलाइरहेको छ । यस वर्ष मात्रै सबै तह र सबै संकायमा कुल ४ हजार ७०० विद्यार्थीले अध्ययन गरिरहेका छन् । तर विद्यार्थीलाई अध्यापन गराउन पर्याप्त रुपमा कक्षाकोठा समेत छैनन् ।
उपकुलपति रेग्मीका अनुसार विद्यार्थीको संख्या अनुसनर व्यवस्थित रुपमा विद्यार्थीलाई अध्यापन गराउन ६० वटा कक्षाकोठाको व्यवस्था हुनुपर्ने तर १२ वटामात्रै कक्षाकोठा रहेका छन् । आंगिक कलेजलाई न्युनतम ८५५ जना कर्मचारी आवश्यक हो तर, अहिले १९३ जना प्राध्यापक/शिक्षक र ४४३ जना कर्मचारी मात्रै रहेका छन् ।
बिएससिएजीमा मात्रै ५२ वटा विषय अध्यापन गराउनुपर्ने तर कृषि र भेटेरीनरीमै जनशक्ति न्युन रहेको उपकुलपति रेग्मी बताउँछन् । ‘कृषि प्राविधिक शिक्षा भएका कारण पशु विज्ञानका शिक्षकलाई हर्टिकल्चर पढाउनुहोस् भन्न मिल्दैन । यसमा जुन विषय पढाउने हो त्यही विषयको विज्ञ हुनुपर्छ ।’ उनी भन्छन्, ‘अहिले कृषिमा मात्रै ७६० जना विद्यार्थी छन् । मुलुकभित्रै उच्चस्तरको प्राज्ञिक तथा सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको विश्वविद्यालयलाई सरकारले शिक्षक र कर्मचारी पर्याप्त मात्रामा दिन नसक्नु सबैभन्दा ठूलो समस्या हो ।’
राष्ट्रलाई योगदान दिने एएफयुमा दक्ष जनशाक्ति ल्याउनुमा सरकारको हात रहेको बताउँदै उपकुलपति रेग्मीले राजनीतिक हस्तक्षेपका काराण पर्याप्त रुपमा दक्ष जनशक्ति पाउन मुस्किल रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘जसरी राजनीतिक गन्ध नमिसाई फेयरमा इन्ट्रान्सका लागि विद्यार्थी आउँछन् त्यसरी नै शिक्षक र कर्मचारी आउनुपर्ने हो, त्यो भएन् ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयको १२ वर्षे इतिहाँसमा अन्य विश्वविद्यालयको तुलनामा पुर्वाधारमा पछाडी परेपनि अध्ययन अध्यापन र अनुसन्धानमा भने प्रगति तिव्र गतिमा गएको छ ।
विश्वविद्यालयका विश्वविद्यालयको अग्रसरतामा अनुसन्धान गरी सुक्खा सहन सक्ने गहुँको जात विकासको अन्तिम चरणमा पुगेको छ भने कृषितर्फ गहुँको नयाँ जातको अनुसन्धान तथा पशु विज्ञानतर्फ भैँसी प्रजनन् (बेमौसममा गर्भिणी बनाउन सक्ने प्रविधि)को विकास गरिएको छ ।
त्यस्तै धान उत्पादनमा पोषण तत्वहरूको व्यवस्थापन, मिचाहा टिलापिया माछाका भुरालाई एकलिङ्गीय बनाउने, सुन्तला उत्पादन प्रविधि, गर्मी मौसममा गोलभेँडा खेती, जुनारमा लाग्ने झिँगा नियन्त्रणलगायतका विषयमा अनुसन्धान भएका छन् ।