चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा चितवनका १२ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले घोषणा गरेको सूचिमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीलाई नेपाल प्रताप सुभुषण र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार चितवनका सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज कुवँर क्षेत्रीलाई नेपाल प्रताप आभुषण दिने घोषणा गरेकी छन् ।
त्यस्तै, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति चितवनका संवाददाता नारायणप्रसाद अधिकारी, भरतपुर १ का व्यवसायी उमाशंकर अग्रवाल, कालिका नगरपालिकास्थित भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक द्धित्तिय डा. हरिप्रसाद कँडेल प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुने भएका छन् ।
राष्ट्रपति भण्डारीले रत्ननगर नगरपालिका ४ का एनआरएनए पूर्व अध्यक्ष जीवनाथ लामिछानेलाई कीर्तिमाया राष्ट्रदीप र कालिका जुटपानिका नृत्य निर्देशक शिवराम विक, रत्ननगर १२ का कृषक जनकराज पन्त, भरतपुर ४ का चलचित्र निर्देशक रमेश कोइराला र भरतपुर १५ का समाजसेवी गृहेन्द्र घिमिरेलाई राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन् ।
त्यस्तै, भरतपुर १ का समाजसेवी टंकनाथ पौडेललाई समाजसेवा रत्न र भरतपुर २ का प्रज्वल भट्टरार्ई शिक्षाज्योती पदकबाट सम्मानित हुने भएका छन् ।

