चितवन। समाबेशी शिक्षाका लागी पालिका स्तरीय रणनितिक योजना निर्माण कार्यदल गठन गर्दै बिहिवार देखि भरतपुरमा सुरु भएको समाबेशी शिक्षा सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी आज सकिएको छ । भरतपुर महानगरको आयोजना तथा कमिटेड सस्थाको ब्यबस्थापनमा गोष्ठी भएको हो ।
भरतपुर महानगरपालिका वडा न १५ का अध्यक्ष श्रीकृष्ण देबकोटाको सयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । समितिका अन्य सदस्यहरुमा भरतपुर महानगरको बालबालिका शाखा अधिकृत कलावती ओझा,शोसी माध्यमिक बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष महेश चौधरी, चमेलीदेबि पिया माध्यमिक बिद्यालयका शिक्षक अभिभावक सघका अध्यक्ष तोयनाथ चालिसे, इन्द्रपुरी माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक शान्ति अधिकारी, नेत्रहिन सघ चितवनका अध्यक्ष सन्जय अर्याल र सदस्य सचिबमा महानगर शैक्षिक प्रसाशन महाशाखाका अधिकृत ऋषिराम शर्मा रहेका छन ।
समाबेशी शिक्षा परियोजनाको उद्देश्य सबै बालबालिकाको सिकाइमा समान अधिकार र अवसरको प्रत्याभूति गर्नु हो । परियोजनाले ४ देखि १७ बर्ष उमेर समुहका अपांगता भएका तथा कार्यगत सिमितता भएका विद्यालय भित्र र बाहिर रहेका बालबालिकाहरुलाई लक्ष्यित बर्गको रुपमा राख्दै आएको छ । परियोजनाको कार्यक्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ । भरतपुर महानगरपालिकामा ८७ वटा स्कुल र कालिका नगरपालिकामा ३५ वटा स्कुलमा परियोजना लागू भएको छ ।
कार्यक्रममा बोल्दै कार्यदल गठन समितिका सयोजक श्रीकृष्ण देबकोटाले परियोजनाले देखाएको बाटोमा सबै लाग्न जरुरी रहेको बताउनु भयो । उहाँले अपांग बालबालिका रहित महानगर निर्माण गर्न आफुले जस्तोसुकै काम गर्न पछि नपर्ने बताउनु भयो । गोष्ठीलाई समापन गर्दै भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले महानगर शैक्षिक क्षेत्रमा अगाडि बढिरहेको बताउनु भयो । यो दुई दिने कार्यशाला गोष्ठीले समाबेशी शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण काम गर्नेमा बिश्वास व्यक्त गर्नु भयो ।

गोष्ठीमा कमिटेड सस्थाका परियोजना ब्यबस्थापक योगेन्द्र चापागाईंले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा लागू भएको समाबेशी शिक्षा परियोजनाको अवस्था,लक्षित बर्ग,भौतिक पहुँचको अवस्था,सुचकहरुको बर्तमान अवस्था र स्कुलहरुमा परियोजनाले पारेको प्रभावको बारेमा दुई दिन सम्म कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।

गोष्ठीमा अपांगता भएका ब्यक्तिहरुको हक, अधिकार, शिक्षा र स्वास्थ्य, अवसर र चुनौती, र सेवा सुबिधाको बारेमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको छ । शिक्षा सम्बन्धि राष्ट्रिय नीतिहरुको बारेमा ह्यान्डिक्याप इन्टरनेशनलका परियोजना ब्यबस्थापक सुशील खनालले प्रकाश पार्नु भएको हो ।
गोष्ठीमा नारायणी माध्यमिक बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष टेक बहादुर थापा, जानकी माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक दुर्गा प्रसाद सापकोटा र भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले मन्तव्य राख्नु भएको थियोे । गोष्ठीमा भरतपुर महानगरपालिका भित्रका ११ वटा बिद्यालयका प्रध्यानाध्यापकहरु,वडा न १,११,१५,२४,२६ र २९ का अध्यक्षहरुको सहभागिता रहेको थियो ।

