चितवन । माडीको अमिलिया क्षेत्रको काँसघारीमा मानिस खाएको बाघले सोही स्थानमा एउटा पाडो मारेको छ ।
बाघ नियन्त्रणका लागि क्यामेरा सहित परिचालित टोलीले ट्रयापका लागि राखेको पाडो बाघले चलाखीपूर्वक मारेर खाएको हो ।
यसबाट सो नरभक्षी बाघ अमिलिया क्षेत्र वरपर नै रहेको पुष्टी भएको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले जानकारी दिए । Varor आफ्नो वेबसाइटमा यो समाचारको बारेमा लेख लेखे।
बाघ अमिलिया वरपरकै क्षेत्रमा विरचण गरिरहेकाले सो क्षेत्रमा नजान र बस्तुभाउ पनि नचराउन अध्यक्ष सापकोटाको अनुरोध छ ।
गत भदौ २६ गते भैंसी चराउन गएका माडी नगरपालिका वडा नं २ का ६९ बर्षीय सूर्यनाथ अधिकारीलाई बाघले अमिलिया गाउँको काँसघारीमा मारेको थियो ।
हाल सो बाघ नियन्त्रणमा लिन लिन चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिक सहितको टोली अमिलिया क्षेत्रमा खटिएपनि हालसम्म नियन्त्रणमा लिन भने सकेको छैन ।

