चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले उद्योगी व्यवसायीसँग चाडपर्वलाई लक्षित नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरी कार्यालयले उवासंघ चितवनको सहकार्यमा बिहीबार उद्योगी व्यवसायी तथा सर्वसाधरण नागरिकहरुको सुरक्षाका लागि उक्त कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा मन्तब्य व्यक्त गदै उवासंघका अध्यक्ष चुननारायण श्रेष्ठले चाडपर्वका समयमा व्यवसायीहरु आफ्नो सुरक्षाको विषयमा चनाखो हुनुपर्ने बताए ।
सर्वसाधारणलाई शान्ती सुरक्षा प्रत्याभुती दिनका लागि प्रहरी एपको विकास गरी गुनासो संकलन गर्न चितवन प्रहरीलाई सुझाब समेत दिए ।
कार्यक्रममा प्रहरी प्रमुख नवराज अधिकारीले प्रहरी शान्ती सुरक्षा अमन चयन र अपराध नियन्त्रमा कटिबद्ध भएको बताए । उद्योगी व्यवसायी एवं सर्वसाधारण नागरिकहरुका गुनासाहरुको सम्बोधन गर्दै उनले समुदाय–प्रहरी साझेदारी अवधारण बमोजिम सर्वसाधरणको सहयोग, सद्भाव र सहकार्यमा अगाडी बढ्ने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १ का वडा अध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विकास थापा, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सुर्यप्रसाद न्यौपानेले आफ्नो मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा संघका पदाधिकारी, संघका कार्यसमिति सदस्य,संघका कार्यकारी निर्देशक, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी उद्योगी, व्यवसायी, बैक, सहकारी संस्थाका प्रतिनिधि, आम सर्वसाधरण नागरिक लगायत १०० जनाको उपस्थिति रहेको थियोे ।

