काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पार्टी नेतृत्वमा रहुन्जेल भ्रष्टाचारी तथा दलाललाई चैनसँग बस्न नदिने बताएका छन् ।
दाहालले बिहीबार काठमाडौंमा सम्पन्न नेपाल उद्योग व्यापार महासंघको पहिलो अधिवेशनमा बल्दै सो कुरा बताएका हुन् । उनले यसको लागि नागरिकका साथ र सहयोग आवश्यक रहेको बताए ।
उनले आफु रहुन्जेल देशले सुख पाउँदैन भन्ने मान्छे पनि रहेको बताए । ‘प्रचण्ड भनेपछि सबै अस्थिरताको कारक यही हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन्, माओवादी र माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा, दलाल, भ्रष्टहरूलाई चैनमा बस्न दिइँदैन,’ उनले भने ।

