चितवन । कालिका नगरपालिकामा डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ ।
कालिका ७ शान्ति सगुन टोल विकास संस्थाले सोही कार्यक्रम अन्तर्गत अण्डा र लार्भा नष्ट गर्न आफ्नो टोल सरसफाई कार्यक्रम गरेको छ ।
कालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कमलराज मुक्तान सहितको सहभागितामा टोल क्षेत्रमा लामखुट्टेको अण्डा र लार्भा रहने सम्भावित क्षेत्रको सरसफाई गरिएको हो । घर वरपर पानी जम्ने स्थान, टायर लगायत प्लाष्टिक जन्य भाँडामा जमेको पानी हटाई सरसफाई गरिएको थियो ।
जिल्लामा डेङगु रोगको जोखिम देखिएकोले नगर क्षेत्र भित्र रहेका विभिन्न टोल विकास संस्थाहरुले सरसफाई अभियानलाई अन्तर्गत टोल टोलमा सरसफाई गरिएको वडा अध्यक्ष मुक्तानले बताए ।

