चितवन। भरतपुर र नारायणगढ क्षेत्रमा दुई दिनसम्म विद्युत सेवा नियमित नहुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको भरतपुरले सबस्टेशनको पावर ट्रान्सफर्मर फेर्न लागेका कारण आज (बिहीबार) र भोलि (शुक्रबार) विद्युत सेवा नियमित नहुने जनाएको हो।
प्राधिकरणको भरतपुर वितरण केन्द्रले आज(बिहीबार) भरतपुर महानगर भित्र रहेको हेटौडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ के.भी. बसेनी सब-स्टेसन मा जडित १३२/११ के.भी. को २२.५ एम.भी.ए. को एउटा ट्रान्सर्फमर बिग्रिएको भन्दै उक्त ट्रान्सर्फमर परिवर्तन गर्न लागेको हो।

