चितवन । ५८ औं बाल दिवसको अवसर पारी नेपाल बाल संगठन चितवनले मनमोहन बालग्रामका चेपाङ बालबालिकाहरुलाई कपडा वितरण गरेको छ ।
भरतपुरस्थित बाल मन्दिरको सञ्चालक रहेको सो संस्थाले माडी-६, लक्ष्मीनिवास स्थित सो बालग्राममा संरक्षित २६ जना छात्राहरुका लागि कुर्था सुरुवालको कपडा र २५ जना छात्रहरुलाई स्कुल पोशाक वितरण गरेको हो ।
पोशाक वितरण कार्यक्रमका नेपाल बाल संगठन चितवन (बाल मन्दिर)का पदाधिकारीहरुसंगै वडाध्यक्ष दीपेन्द्रराज पौडेल, सामाजिक अगुवा श्रीप्रसाद दवाडी, बालग्रामका व्यवस्थापन समिति अध्यक्ष टंक पौडेल र व्यवस्थापक टिकाराम आचार्य लगायतको आतिथ्य रहेको थियो ।स्वदेश एफएमको सहयोगमा

