चितवन । जिल्ला कारागार भरतपुरमा क्षमता भन्दा झण्डै तेब्बर कैदी रहेको पाईएको छ । कार्यालयका अनुसार पुरुष २५५ र महिला २५ जना गरी कुल २८० जना क्षमता रहेको यो कारागारमा ०७७ ,०७८को असार मसान्तसम्म सबै कैदीबन्दी गरी ६७१ जना रहेका छन । अघिल्लो आर्थिक बर्ष ०७६,०७७ मा ६६७ जना कैदीबन्दी रहेका थिए । यहांँ बिशेषगरी चितवन , नवलपरासी लगायत अन्य जिल्लाका कैदीबन्दी आउने गरकोले पनि क्षमता भन्दा बढी कैदी बन्दी रहेको जेलर कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो । क्षमता भन्दा बढी कैदीबन्दी भएपनि दिउसोको समयमा खुल्ला कारागारको खुल्ला ठाउंँमा कैदीबन्दी बस्ने र काम गर्ने भएतापनि रातीको समयमा सुत्न समस्या हुने गरेको काफ्लेले बताउनुभयो ।
सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका
कारागारमा विभिन्न अपराध गरी जेल सजायंँ भोग्ने मध्ये सबैभन्दा बढी जवरजस्ती करणीका मुद्धाका कैदी बन्दी रहेका छन । कार्यालयका अनुसार आव ०७७, ०७८ असार मसान्त सम्म जवरजस्ती करणीका १८२ जना ,लागुऔषध मुद्धाका १३६ जना, कर्तव्य ज्यान मुद्धाका ८२ जना,गैंडा मुद्धाका ६६ जना, डांँका मुद्धाका २१, ज्यान उद्योगका १५, मानव बेचविखनका १९, अपहरण मुद्धाका १० जना कैदी रहेका छन । यस्तै चोरी घटनाका ४८ जना, सार्वजनिक अपराधका २ , हातहतियार मुद्धाका ४ जना, काठ चोरी ३, ठगी २७ जना, आगजनी १, खोटाचलन ७, बहुविवाह ८ र सवारी ज्यान मुद्धाका कैदी ४४ जना रहेका छन ।
हाल कारागारमा ६२४ जना पुरुष, ४८ जना महिला र ३ जना आश्रित बालबालिका रहेको कारागारका जेलर काफ्लेले जानकारी दिनुभयो । उहांँका अनुसार अदालतले कैदसजायंँ तोकेका, पुर्पक्षको लागि थुनामा राख्नुपर्ने र धरौटी बुझाउन नसक्ने अभियुक्तहरु कारागार चलान हुने गरेका छन ।