चितवन । माडीको बसन्तपुरस्थित एक होटलमा स्थानीयले ताला लगाएका छन् । बसन्तपुरस्थित अशोक होटल एण्ड रेस्टुरेन्टका सञ्चालकले दर्जनौं व्यक्ति र बैंकबाट करोडौं रुपैयाँ ऋण, सापटी र ब्याजमा लिएर फरार भएको भन्दै स्थानीयले उक्त होटलमा ताला लगाएका हुन्।
होटल सञ्चालक लक्ष्मीदेवी खनाल सहित उनको परिवार गत भदौ २४ गतेदेखि होटलमा नआएकी र छरछिमेकीको सम्पर्कमा समेत नभएको भन्दै स्थानीयले माडी ३ का वडाध्यक्ष पुरन महतोको रहोबरमा ताला लगाई वडा कार्यालयलाई ताला बुझाएका छन्।
खनाललाई पैसा दिएको भनिएका व्यक्तिहरु हाल प्रहरी, प्रशासन र पत्रकारको सहयोगमा सम्पर्क विहीन परिवारको खोजीमा लागेका छन् ।

