चितवन। चितवनमा जारी इसुजु चितवन गोल्डकप फुटबलमा आज तेस्रो क्वाटरफाइनल खेल हुँदैछ ।
गोल्डकपमा आज आयोजक केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र सशस्त्र प्रहरी बल (एपिएफ) भिड्नेछन् । खेल क्याम्पा चौर नारायणगढमा दिउँसो ४ बजे सुरु हुनेछ ।
बिएफसी पहिलो खेलमा भारतको मोतिहारी एफसीलाई ९(० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । उता एपिएफ सिधै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो ।
ए डिभिजन क्लब एपिएफ बिएफसीविरुद्ध जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ । उता पहिलो खेलमा फराकिलो जित निकालेको बिएफसी उच्च मनोबलका साथ मैदान उत्रिने छ ।
भरतपुर फुटबल क्लबको आयोजनामा जारी गोल्डकप विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप असोज ३ गतेसम्म चल्नेछ ।

