चितवन। राइड सेयरिङ प्लाटफर्म ‘सवारी’ ले चितवनमा पनि सेवा सुरु गरेको छ । जी एण्ड जी ग्रुप प्रालिद्वारा सन्चालित ‘सवारी’ले चितवन र नवलपुरको गैँडाकोटका स्थानीयहरुका लागि लक्षित गर्दै उक्त सेवा सुरु गरेको हो।
सवारीको सेवा लिनका लागि ग्राहकहरुले मोबाइलमा सवारीको एप्लीकेशन डाउनलोड गर्नुपर्ने सवारीका सिइओ शेर बहादुर शाहले बताए । सवारी अटो एण्ड बाइक लेखिएको सवारीको एप्लीकेशन डाउनलोड गरेर ग्राहकहरुले सो मार्फत सेवा लिन सक्ने उनले बताए । सवारीको एप्लीकेशनमा गएर आफु कहाँ बाट चढ्ने र कहाँ पुग्ने भन्ने कुरा जनाएपछि ग्राहकहरुले छनौट गरेको सवारीसाधन केहि मिनेटमै सो स्थानमा आईपुग्छ ।
ग्राहकहरुले हाललाई ५० किलोमिटर दुरीसम्मको यात्राका लागि सवारी मार्फत सेवा लिन सक्नेछन् । मोटरसाईकल, अटो र ट्याक्सी गरि तीन प्रकारका सवारी मार्फत सवारीले चितवनमा सेवा सुरुवात गरेको हो । सवारीमा यात्रागर्ने यात्रुहरु सबैको विमाको समेत ब्यवस्था गरिएको छ ।
सम्बन्धीत स्थानमा पुग्नको लागि लाग्ने शुल्क एप्लीकेशनमै तोकिएको हुनाले यात्रुहरुले बार्गेनिङ गर्नुपर्ने र ठगिने समस्या समेत नरहने कम्पनीले जनाएको छ ।अटोचालकहरु समेत सवारीसँग जोडिन सक्नेछन् । ग्राहकहरु कुरेर चोकमा बस्न नपर्ने र उनिहरुको आम्दानीको स्तरमा समेत बृद्धि हुने सभारीले विश्वास लिएको छ ।

