चितवन ।भरतपुरबाट वैदेशिक रोजगार मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २७ का ३७ वर्षीय भिमसेन कुमाल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार बैदेशिक रोजगार न्याधिकरण काठमाडौंबाट गत वर्षको असार १५ गते बैदेशिक रोजगार मुद्धामा १ बर्ष ९ महिना कैद र एक लाख सत्तरी हजार जरिवाना तोकिएका कुमाल एक वर्षदेखि फरार थिए । उनलाई भरतपुर २७ गोलाघाटमा लुकीछिपी बसेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दिब्यनगरबाट खटेको टोलीले पक्राउ गरेको हो ।
उनलाई आज बिहान ९ बजे उनको घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका कुमाललाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

