नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले दुई महिनाको अवधिमा ४४ लाख बढीको सामान बरामद गरेको छ ।
प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरुबाट राजस्व छलि गरी ल्याएको ४४ लाख ३४ हजार ६०० रुपैयाँ बराबरको अवैध सामान गरेको हो । बरामद गरिएका उक्त सामान आवश्यक कारबाहिका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता भोजराज पाण्डेयले बताए ।
अवैध रुपमा भन्सार छलि चोरी गरि ल्याएको सामानहरु लत्ता कपडा, खाधान्न, हार्डवेयरको सामान, ईलेक्ट्रोनिक्स सामान, कवाडको सामान, मल, अवैध मदिरा (सोफी), मोटर पार्टस र अवैध कुखुरा बरामद गरि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।
साथै प्रहरी टोलीले बरामद गरेको उक्त अवैध सामानहरु बोक्न प्रयोग हुने २ वटा मोटर साइकल, १ वटा ट्याक्टर र १ वटा पिक अप भ्यान समेत नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि सोही कार्यालयमा पठाइएको छ ।
साथै साउन १ गते देखि भाद्र २५ गते सम्मको अबधीमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरु बाट सो अबधीको बिभिन्न मितिमा खटिएको प्रहरी टोलीले सम्मानित अदालत बाट जरिवाना तथा कैद फैसला भई फरार रहेका १५ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि आवस्यक फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला अदालत परासीमा पठाइएको छ । पक्राउ गरिएका १५ जना फरार प्रतिबादीहरुबाट जम्मा १ बर्ष १ महिना ९ दिन कैद र ३ लाख २४ हजार ११९ रुपैंया जरिवाना रकम भुक्तानी गराइएको पाण्डेयले बताए ।

