चितवन । माडी २ स्थित मध्यवर्ती सामुदायिक वन अमलियामा बेपत्ता भएका ६८ वर्षीय सूर्यनाथ अधिकारी मृत फेला परेका छन्। शनिबार उक्त जंगलमा भैँसी चराएर घर फर्कने क्रममा उनी बेपता भएका थिए।
अधिकारीलाई खोजि गर्ने क्रममा सोही जंगलमा आज बिहान साढे ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अधिकारीलाई बाघले खाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
यो पनि पढ्नुहोस :
भैँसी चराउन जंगल गएका माडीका सूर्यनाथ फर्केर आएनन्

