चितवन। प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ताको जिम्मेवारी पाएका छन्।
एक हप्ताअघि गण्डकी प्रदेश तालिम केन्द्र पोखराबाट सरुवा भइ जिल्ला प्रहरी कार्यालय चितवन आएका पण्डितले चितवन प्रहरीको प्रवक्ता तथा सूचनाअधिकारीको जिम्मेवारी पाएका हुन् ।
यस अघि चितवन प्रहरीको प्रवक्तामा नरहरि अधिकारी थिए।

