चितवन। सिन्धु विकास बैंक लिमिटेडको पर्सा शाखाले आज चितवनको एक विद्यालय र एक छात्रावासमा विभिन्न शैक्षिक तथा खेलकुद सामग्रीहरु वितरण गरेको छ।
बैंक स्थापनाको १२ औं बर्ष पुरा गरी १३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा चितवनको खैरहनी ८ स्थित राष्ट्रीय आधारभुत विद्यालय मगनी र कालिका १० स्थित सिद्वी छात्राबासलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।
सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

