चितवन। गत स्थानीय निर्वाचनमा हत्या गरिएका अनिल परियार ‘कान’को हत्यामा संलग्नमा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
गत वैशाख २५ गते भरतपुर ७ कृष्णपुरमा नेपाली कांग्रेसका कार्यकर्ता कानको हत्या भएको थियो। सोही घटनामा संलग्न रहेका फरार प्रतिवादी भरतपुर १५ बस्ने ३२ वर्षीय तिलक गैरेलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो।
फरार रहेका गैरेलाई निरन्तर खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा हिजो (बिहीबार) बिहान ७ बजे रुपन्देही १ बेलहियामा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार गैरेलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत चितवन लगिएको छ ।

