चितवन। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुगेका छन् । ‘जनताको साथ’मा कांग्रेस अभियानको समापन कार्यक्रमका लागि उनी केही बेरअघि भरतपुर विमानस्थलमा अवतरण गरेका हुन्।
दिउँसो १२ बजे वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आयोजित उक्त कार्यक्रमको समापन गरि आजै फर्किने भएका छन्।

