चितवन। आम निर्वाचनको घोषणापछि पहिलो पटक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आउने भएका छन्। भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आयोजना हुन् लागेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापन कार्यक्रमका लागि देउवा आज चितवन आउन लागेका हुन् ।
यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापनका लागि देउवा चितवन आउन लागेको कांग्रेस चितवनले जनाएको हो।

