चितवन। पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओली आज चितवन आउने भएका छन्। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)की ममतामयी आमाप्रती श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्न ओली चितवन आउन लागेका हुन्।
ओली ११ बजे चितवन आउने र भरतपुर २ क्षेत्रपुरस्थित उपाध्यक्ष थापाको निवासमा जाने कार्यक्रम रहेको छ। समय अभावका कारणले अन्य कुनै कार्यक्रम नरहेको नेकपा एमाले चितवनले जनाएको छ।

