काठमाडौं। बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । आज बिहान सामाजिक सञ्जाल (ट्वीटर)मा एक स्ट्याटस लेख्दै उनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको बताएका हुन्।
‘नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको छ । महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन्। ‘ प्रधानमन्त्री देउवाले लेखेका छन्।
महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो । बकिङ्घम प्यालेसले स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको हो।
महारानी एलिजाबेथ सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।


