गैँडाकोट । नवलपुरमा आजदेखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले आजदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहेको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थापाले जानकारी दिए ।
त्यस्तै बेष्ट गोलकिपर,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने उनले बताए ।
खेलकुद संयोजक विनोद कंडेलले प्रतियोगितामा नवलपुर, नवलपरासी, चितवन, तनहुुँ, मकबानपुर र काठमान्डौका गरि ३२ वटा समुुहले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा एम्स एबरोड एजुुकेशन, सेन्ट्रल कलेज, नमुुना कलेज सहित विभिन्न संघसस्था र ब्यक्तिहरुले सहयोग गरेका छन् ।
बिजेतालाई प्रदान गरिने १ लाख ११ हजार १ सय ११ रुपैँया राशीको सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता गैँडाकोटको सबैभन्दा ठुलो राशीको पुरस्कार भएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा एम्स एबरोड एजुुकेशनका प्रवन्ध निर्देशक कृष्ण कंडेल, सेन्टल कलेजका प्रिन्सीपल यज्ञविलास पौडेल, नमुना कलेजका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने, वडा नं.६ का अध्यक्ष सुु्वास चापागाई, मदन भण्डारी स्पोर्टस एकेडेमीका सल्लाहकारहरु गिरीराज उपाध्याय, नवराज कंडेल मदनभण्डारी स्पोर्टस एकेडेमीका सदस्य अर्जुुन पराजुली लगायतको सहभागिता रहेको थियो ।

