चितवन । नेकपा एकिकृत समाजवादी (नेकपा एस) चितवनका सचिवालय सदस्य तथा खैरहनी नगरपालिका १ निवासी शम्भुप्रसाद लामिछानेलाई पार्टिले निष्काशन गरेको छ । पार्टिले बुधबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई अनुशासनको कारवाही गरि पार्टिबाट निष्काशन गरिएको बताएको हो ।
पार्टिको खैरहनी नगर कमिटिका इन्चार्ज तथा अखिल नेपाल किसान महासंघका सदस्य समेत रहेका लामिछानेले पार्टिको वैद्यानिक व्यवस्था, प्रतिष्ठा र मर्यादामा आँच आउने काम गर्नुका साथै विरोधिहरुसँग साँठगाँठ गरी पार्टिको विरोध गर्दै हिँडेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यान विपरीतका काम गरेका कारण अन्तरिम विद्यान २०७८ को धारा ६४(क) को १,२,३,४,५ र १३ वमोजिम लामिछानेलाई पार्टिबाट निष्काशन गरिएको जिल्ला अध्यक्ष डा. कृष्णराज पन्तले बताए ।


