चितवन। शितल छहारि कृषि तथा उद्यमी महिला समूहद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। भरतपुर महानगरपालिका वडा नं ६ चोकवजारमा भएको उक्त कार्यक्रममा ११ जना पुरुष र ७ जना महिला गरी १८ जनाले रक्तदान गरेका हुन्।
शितल छहारि कृषि तथा उद्यमी महिला समूहका अध्यक्ष मिना गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै नेपाल रेडक्रस सोसाईटी चितवन उपशाखा मन्त्री हरि पौडेल , भरतपुर – ६ वार्ड प्रतिनिधि एवं नेपाल रेडक्रस सोसाईटी उपशाखा गितानगरका सभापति रुद्र अधिकारी , भरतपुर – ६ नेपाली कांग्रेसका सभापति प्रकाश अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो। नेपाल रेडक्रस सोसाईटी महेन्द्र चोक उपशाखाका सभापति जीवन के।सी, पारिजात इंग्लिश बोर्डिङ स्कुलका प्राचार्य अरविन्द प्रताप राणा , समाज सेवि महिला नेत्री रेखा पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाईटी उप- शाखा गीतानगर, चोकबजार बजार व्यवस्थापन समिति भरतपुर – ६ , नमुना आमा समूह भरतपुर – ६ , मिलिजुली आमा समूह भरतपुर – ६ , सक्रिय आमा समूह भरतपुर – ६, चोक बजार टोल विकास संस्था भरतपुर – ६ ले सहयोग गरेका थिए।
शितल छहारि कृषि तथा उद्यमी महिला समुहको सचिव बोलमती सापकोटा (खनाल) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

