चितवन । राष्ट्रिय सभामा रिक्त राष्ट्रिय सरोकार तथा समन्वय समिति को सभापतिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएकी छन्।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभामा रिक्त चार पदमध्ये राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा रावलले मात्रै उम्मेदवारी दिएकी हुन्। उक्त पदमा रावलको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन्।
रावलसँगै दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा.बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्माले उम्मेद्वारी दिएका छन्।

