चितवन । नेपाली कांग्रेसको नवलपुर २ र नवलपरासी १ बाट उम्मेदवार सिफारिस भएका कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति विनोद चौधरीले नवलपुरबाटै चुनाव लड्ने भएका छन् । मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नवलपुरबाटै प्रत्यक्षतर्फ चुनाव लड्ने उनले बताएका हुन्।
नवलपुरको क्षेत्र नम्बर २ मा कांग्रेसले नजितेको भन्दै चौधरीले चुनौती सामना गर्दै नवलपुर २ बाट चुनाव जितेर देखाउने बताएका छन्।
निर्वाचन जितेर यस क्षेत्रकाे विकासका लागि याेगदान दिने भन्दै चौधरीले नवलपुर १ र २ जुनसुकै क्षेत्रबाट टिकट दिएपनि जनताकाे मत र मन दुवै जित्ने बताएका छन् ।

