चितवन । माडी नगरपालिकाले भूमिहीन दलितहरुको पूर्जा उपलब्ध गराउन भूमि आयोग चितवनलाई सिफारिस गरेको छ । नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले माडी ५ का भूमिहीन दलितहरुको पूर्जा प्राप्त गर्ने प्रकृयाका लागि आयोगलाई सिफारिस गरेको हो।
यस क्षेत्रका भूमिहीन दलितहरुको यस अघि नै निस्सा वितरण भई नापी समेत भइसकेका तथा दाबी बिरोधको सुचना प्रकाशित गर्दा कुनै दाबी बिरोध नआएकाले जमीनहरुको पूर्जा दिन आयोगलाई सिफारिस गरेको कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले बताए ।
यससँगै नगरस्तरीय सहजिकरण समितिबाट रातो लालपूर्जाको प्रकृयामा अगाडि बढाउने निर्णय भएका करीब करीब २०० भूमिहीन दलितहरुले पहिलो चरणमा केहि दिनभित्रै लालपूर्जा पाउने निश्चित भएको छ । यसै प्रकृया अन्तरगत माडीको बाँदरझुलासहित अन्य वडाका भूमिहीनहरुले समेत जमीनको पूर्जा पाउने क्रम सुरु हुने आयोगले जनाएको छ ।

