चितवन। भरतपुर महानगरपालिका वडा नं ११ विशाल चोक पदमपुर मुख्य सडकमा मेट्रो भेट क्लिनिक सञ्चालमा आएको छ।
भरतपुरका ३ जना भेटेरिनरी चिकित्सकहरुद्वारा संचालन गरिएको क्लिनिकमा कुकुर, बिरालो, खरायो, कुखुरा तथा गाई भैंसीको उपचार गरिने सञ्चालक डा दीपक तिवारी बताउँछन् । ग्रामीण र सहरी दुवै वस्तीलाई मिल्ने गरी यस क्लिनिक भोजाडमा संचालन गरिएको छ।
आज पशु चिकित्सा काउन्सिल का उपाध्यक्ष डा सुविर सिंह, सदस्य डा सुबाश श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डा सुलभ श्रेष्ठ तथा डा दयाराम चापागाईको उपस्थितिमा उद्घाटन गरिएको छ।
क्लिनिकका सञ्चालकहरू डा दीपक तिवारी, डा भूपेन्द्र खनिया र डा आशिष ढकाल चितवनमा पशु चिकित्सा शिक्षामा लामो समय अध्यापन गर्नुहुने र विशेषज्ञ हुनुहुन्छ।

