चितवन। चितवनको राप्ती नगरपालिका–९ पिङटोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (मंगलबार) राति ११ बजे पिङटोल स्थित भित्री सडक खण्डमा क्याम्पाबाट मेलबजार तर्फ जाँदै गरेको ना ४६ प ३७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक साईडको पोलमा ठोक्किँदा राप्ती ९ बस्ने ४२ वर्षीय प्रेम तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनाबाट प्रेम तामाङ (मोटरसाइकल चालक) र मोटरसाइकलको पछाडि सवार राजकुमार गम्भीर घाइते भएपछि उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा चालक तामाङलाई मंगलबार राति साढे ११ बजे अस्पतालले मृत घोषणा गरेको हो।

