चितवन । माडीको लक्ष्मीनिवास गाउँस्थित मनमोहन बालग्राममा रहेका चेपाङ बालबालिकाहरुले सामुहिक दर खाएका छन् ।
बुबाआमा गुमाएका वा अति विपन्नताका कारण अभिभावकले पढाउन सक्ने अवस्था नरहेकाले छात्रबासमा संरक्षित माडीसंगै विभिन्न स्थानका ५० जना चेपाङ बालबालिकाहरु रमाउँदै सामुहिक रुपमा दर खाएका हुन् ।
सो अवसरमा माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, माडी ६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेल, छात्रवास व्यवस्थापन समितिका अध्यक्ष टंक पौडेल र स्थानीय सामाजिक अगुवाहरु सहभागी रहेका थिए ।
बालबालिकाहरुलाई दरका रुपमा खान ट्वन्टीवान प्रपर्टी ग्रुपका अध्यक्ष राज के.सी.ले मिष्ठान्न परिकार र फलफूल पठाएको छात्रवासका व्यवस्थापक टिकाराम आचार्यले जानकारी दिए । स्वदेश एफएमको सहयोगमा

