काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सिंहदरबारमा बिहीबार बिहान शपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्रीबाट शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यद्वय रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई सपथ ग्रहण गराउनुभयो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको थियो। सपथ प्रहणपछि उपाध्यक्ष पौडेल तथा सदस्यद्वय फुयाँल र गुरुङले आजै पदभार ग्रहण गर्नुभएको छ ।

