चितवन । पछिल्ला बर्षमा जिल्ला प्रशासन कार्यालय, चितवनमा राहदानी लिने संख्यामा कमी आएको छ । कोरोनाका कारण जारी निशेधाज्ञा र बन्दाबन्दीले विदेश जाने घटेपछि राहदानी लिने घटेका हुन् ।
जसका कारण पछिल्ला बर्षहरुमा राहदानी वितरणमा भारी गिरावट आएको छ । कार्यालयले दिएको तथ्यांँक अनुसार गत आवमा ९ हजार ५२८ जनाले राहदानी लिएका छन । यस्तै अघिल्लो आवमा ९हजार ९०६ जनाले र आव ०७५ ०७६मा १२हजार ५६७ जनाले राहदानी लिएका थिए । कार्यालयले गत आवमा ८४७५ वटा , अघिल्लो आवमा १०हजार ३६५ वटा र आव ०७५,०७६मा १३हजार ४६७ वटा राहदानीको साधारण सिफारीश गरेको थियो भने गत आवमा १हजार १९, अघिल्लो आवमा २हजार ५४ र आव ०७५,०७६मा ३हजार ४५ वटा द्रुत राहदानी सिफारीश गरेको थियो । कार्यालयमा राजश्व तिरिसकेका मध्ये हालसम्म ७ हजार २०६ जनाले राहदानी लिन आउन बांँकी रहेको छ ।
सूचना अधिकारी पौडेलले कोरोनाका कारण अन्र्तराष्ट्रिय उडान बन्द हुनुका साथै विदेश जानेको संख्यामा निकै कमी आएकोले राहदानी वितरणमा गिरावट आएको जानकारी दिए । ‘कोरोनाले वैदेशिक रोजगार एवं शिक्षामा जाने पनि बन्द भयो, उनले भने, अन्र्तराष्ट्रिय उडानहरु पनि नियमित चलेनन ।’
२६ हजार बढीले नागरिकता लिए
जिल्ला प्रशासन कार्यालय, चितवनमा गत आर्थिक बर्ष ०७७, ०७८ मा २६ हजार बढीले नागरिकता लिएका छन । कार्यालयका अनुसार सो अवधिमा वंशजको आधारमा नागरिकता वितरण , प्रतिलिपि नागरिकता र वैवाहिक अंगीकृत नागरिकता वितरण गरी २६ हजार ३४४ जनाले नागरिकता लिएका हुन् । जसअनुसार उक्त आवमा १३ हजार १८ वंशजको आधारमा, १३ हजार ३०६ प्रतिलिपि नागरिकता वितरण र २० वटा वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको थियो ।
कार्यालयले अघिल्लो आव ०७६,०७७ मा सबै प्रकृतिका नागरिकता गरी १४ हजार ९४६ जनालाई नागरिकता वितरण गरेको थियो भने आव ०७५, ०७६मा २२ हजार ७६७ जनालाई नागरिकता वितरण गरेको तथ्यांक छ । हालसम्म कार्यालयमा १५ हजार ६९६ पुरानो नागरिकता अभिलेखिकरण भएको छ ।
कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले कोरोनाका कारण नागरिकता वितरणमा समेत असर परेको बताए । पटक पटकको निशेधाज्ञा र लकडाउनको कारण कार्यालयका अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द रहेकोले नागरिकता वितरण कार्य प्रभावित भएको उनको भनाई थियो । निशेधाज्ञा खुकुलो भएसंँगै पछिल्ला दिनहरुमा नागरिकता लिनेको चाप बढ्दै गएको उनले जानकारी दिए ।