गुप्ता । सर्लाहीको ब्रहम्पुरी गाउँपालिकामा पोखरीमा डुबेर आमा,छोरी र छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका वडा नं ३ बस्ने आमा रितेवा देवी कापर, कापरकी डेढ वर्षीया छोरी र १० दिनको नवजात शिशु छोरा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधवार बिहान करिब ९ बजे नेपाल प्रहरी र बिओपी त्रिभुवननगरबाट खटिएका सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर शवलाई पोखरीबाट निकालेका थिए ।
घटना अनुसन्धानको विषय भएकोले मृतक महिलाका श्रीमान् सम्पर्कमा आएपछि मात्र विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए ।