काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनको निर्माणमा बनेको ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक भएको छ । केही समय अगाडि नै निर्माण सम्पन्न भइसकेको ‘म त मर्छु कि क्या हो’ लाई सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को कमब्याक भनिएको छ ।
बुधबार उनीहरूले आफ्नो युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरेका हुन् ।

