चितवन – होटल व्यवसायी महासंघ नेपालको सल्लाहकारमा गोविन्द प्रसाद तिवारी चयन भएका छन् । काठमाडौँमा बसेको होटल व्यवसायी महासंघको पदाधिकारीहरुको बैठकले चितवनका तिवारीलाई सल्लाहकारमा चयन गरेको हो।
होटल व्यबसायी महासंघको बिधान अनुसार भेटघाट रेस्टुरेन्ट नारायणढका सञ्चालक तिवारीलाई पर्यटन प्रबर्द्दनका लागि चयन गरिएको
बताईएको छ ।