काठमाडौं । झापाको दमक नगरपालिका–४ मा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ ।
मोटरसाइकल चालक झापाकै कन्काई नगरपालिका–३ का अन्दाजी ४३ वर्षीय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती भीमाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
उर्लाबारीबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नम्बर २, ०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले मंगलबार राति करिब सवा १० बजे ठक्कर दिएको थियो ।
दुर्घटनामापश्चात् ट्रकसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।